Logo

एन्जाइना के हो ?



हृदयको मांसपेशीमा कम रक्त प्रवाह हुने कारण एन्जाइना हुन्छ । हृदयको मांसपेशीमा कम रक्त प्रवाहको कारण हुने छातीमा हुने दुखाइलाई एन्जाइना भनिने गरीएको छ । एन्जाइनाको सामान्यतया छातीमा दबाब, भारीपन, जकड्रन वा दुखाईको रुपमा वर्णन गरीएको छ । एन्जाइना एक तुरुन्त हुने समस्या वा अचानक हुने समस्या हो ।

रगतमा हुने अक्सिजन हृदयको मांशपेशी जीवित राख्नको लागि अत्यन्त आवश्यक हुन्छ । जब तपाइँको दिलको मांशपेशीमा अक्सिजनको कमि हुन्छ तब आइस्केमियाको कारण बन्न छ ।

तपाइँको दिलमा मांसपेशीमा कम रक्त प्रवाह हुने प्रमुख कारण कोरोनरी धमनी रोग हो । हृदय(कोरोनरी) धमनी प्लैक्स जम्मा भएको कारण खुम्चिन सक्छ । यसैलाइृ ऐथेरोस्क्लेरोसिस भनिन्छ ।

एन्जाइन हुने दुई कारण छन् ।

१. स्थिर एनजाजइनाः यो सामान्यतया शारीरीक श्रमको कारण शुरु ,हुन्छ । शारीरिक गतिविधि बाहेक भावनात्मक तनाब, चिसो तापमान, भारी भोजन र धुम्रपान आदीले धमनिलाई खुम्चाइदिन्छ र एन्जाइनालाई ट्रिगर गर्छ ।

२. अस्थिर एनजाइनाः कुनै रक्त नलिमा जमेको वोसो युक्त प्लैक्स फुटेमा रगतको ढिक्का बन्छ र जसका कारण रक्त नलिमा रक्त प्रवाह अवरुद्ध गर्न सक्छ ।

लक्षण

  • छाती दुख्ने
  • छाती पोल्ने
  • उदास
  • छाती भारी भएको महसुस हुने
  • दबाब
  • संकुचन

छातीको पछाडी दुखाइ हुने सम्भावना हुन्छ । काध, गर्दन, गला, पीठ पनि फेल हुनसक्छ ।

उपचार

  • धुम्रपान देखि टाढा हुने
  • उच्च कोलेस्ट्रोल र मधुमेह र रक्तचापलाई नियन्त्रित गर्ने
  • स्वस्थ आहार गर्ने
  • शारीरिक गतिविधी बढाउने
  • स्वस्थ तौल बनाउने
  • तनाब कम गर्ने



प्रतिक्रिया दिनुहोस्