Logo

अर्जुनका ७ गुण



महाभारतको उद्योग पर्वमा भगवान श्रीकृष्णले सात यस्ता गुण वर्णन गरेका थिए, जुन अर्जुन बाहेक अन्य महाभारतको पात्रमा थिएन् । यी गुण अर्जुनको जीतको कारण पनि थिए ।

अर्जुन महाभारतको मुख्य पात्र मध्ये एक थिए । यी धेरै शक्तिशाली र बुद्धिमान हुनुको साथै भगवान श्रीकृष्णको सबैभन्दा प्रिय पनि थिए । समय–समयमा भगवान श्रीकृष्णले अर्जुनलाई ज्ञान दिएर सहि गलतको फरक गर्नमा मद्दत गर्थे ।

महाभारतको पुरै कथामा अर्जुनको बल र बृद्धि दर्शाइएको छ । अर्जुनमा शारीरिक बलसँगै मानसिक बल पनि थियो । जसका कारण चतुर निती बनाई शत्रुको नाश गरे ।

पराक्रमीः पराक्रम वा क्षमता । महाभारतमा अर्जुन मात्र एक पराक्रमी पात्र थिए जसका कारण जस्तो सुकै चुनौतीको सामना गर्ने सामथ्र्य राख्थे ।

तेजः अर्जुन आफ्नो पराक्र र बुद्धिमानको साथै प्रभावशाली व्यक्तित्वको पनि प्रसिद्ध थिए । उनमा एक त्यस्तो तेज थियो, उनलाई देखेर आर्कषित हुन्थे । भगवान कृष्णका अनुसार जुन तेज वा प्रभाव नै अर्जुनको व्यक्तित्व थियो, उक्त गुण नै अरुको भन्दा उनमा फरक थियो ।

शीघ्रकारीताः कुनै पनि काम गर्नमा अर्जुन ढिलो गर्दैनथे हरेक काम समयमा नै गर्नुपर्छ भन्ने उनको निती थियो । श्रीकृष्णले आफ्नो निती सबै पाण्डवहरुलाई दिन्थे तर सम्झनेमा अर्जुन नै पहिला हुन्थे । यसकारण श्रीकृष्णले अर्जुनमा यो गुण देखेका थिए ।

हातमा स्फुर्तिः अर्जुनको समान श्रेष्ठ धनुधारी कोही थिएन । जुन स्फुर्तिबाट अर्जुनले धनुषको बाण चलाउथे, उक्त स्फुर्ति अरु कसैमा थिएन । यसैकारण उनी सर्वश्रेष्ठ धनुधारी बनेका थिए ।

विषादहीनताः श्रीकृष्णले गीतामा अर्जुनलाई उपदेशमा माया मोह छोडेर आफ्नो कर्म गर्नको महत्व दिन सिकाउथे । जसका कारण अर्जुन भित्र विषादहिनता वा कसैको कुराले दुखी हुन नपरोस् । युद्धमा अर्जुनको कुनै परिस्थिीतीको सामना गर्न परेपनि उनको मन एक पलको लागि पनि विचलित नभइृ आफ्नो काम गरे ।

धैर्यः धैर्य एक यस्तो गुण हो, जो हरेक व्यक्तिमा हुँदैन । भगवान श्रीकृष्णको अनुसार जुन मानिसमा धैर्य हुन्छ, उ आफै महान बन्छ । अर्जुन बृद्धिमान, शक्तिशाली हुनुको साथै धैर्यवान पनि थिए । उनका यहि गुणले गर्दा अरु भन्दा फरक बनायो ।



प्रतिक्रिया दिनुहोस्