Logo

विदुरले किन धृतराष्ट्रलाई सम्झाउँथे



विदुरले महाराजा धृतराष्ट्रलाई सम्झाइरहन्थे । जुन नितीले विदुरले महाराजालाई सम्झाएका थिए त्यसलाई नै विदर नीती भनिएको छ ।

अर्काको उपकारमा सधै ध्यान राख्नेः विदुरको अनुसार समय राम्रो वा नराम्रो भएपनि सधै अर्काको याद गर्नुपर्छ । कोही मानिसले गरेको मद्दत बिर्सने बानी हुन्छ । जसलृे बिर्सन्छ उसले जीवनमा धेरै कठिनाईको सामना गर्नुपर्छ । जसले मद्दतको याद गर्छ य नै सफल हुन्छ ।

  • बृद्धिः जो व्यक्ति आफ्नो जीवनमा विवेकले कुनै फैसला लिन्छ , उ आफ्नो लक्ष्य प्राप्त गर्नमा सधै सफल रहन्छ । विना विवेक फैसला लिन्छ भने उसको पुरै जिन्दगी पछुताउनु पर्छ ।
  • राम्रो व्यवहारः मानिसको पहिचान उसको स्वभावबाट हुन्छ । यदि कसैको सरल र सजग स्वभाव भएमा सबैले मन पराउछन् । स्वभाव नराम्रो भएमा कसैको प्रिय बन्न सक्दैन ।
  • ज्ञानः जुन व्यक्तिसँग ज्ञान हुन्छ, उक्त व्यक्तिमा हरेक समस्याको समाधान निक्लिन्छ । ज्ञानी मानिस आफ्नो ज्ञानको दमले समाजमा छुट्टै ठाउँ हुन्छ । उसमा कुनै चिजको गाह्रो नै हुँदैन । उ आफ्नो ज्ञानले सबैकुरा हासील गर्छ ।
  • पराक्रमीः बहादुर व्यक्ति सधै आफ्नो दममाथी आफ्नो पहिचान बनाउछ । आफ्नो साथै अर्काको पनि मद्दत गर्छ ।
  • कम बोल्नेः जो व्यक्ति बोल्नु भन्दा पहिला सोचेर सम्झेर बोल्छ, उसले कसैलाई कुनै तरहको दुख दिदैन । तर जो धेरै बोल्छ उसलाई समाजमा कसैले पनि मन पराउदैन ।
  • क्षमताको अनुसार दानः गरिब मानिसलाई दान गर्दा आफ्नो दिन ठुलो हुन्छ ।
  • मिठो बोलीः मिठो बोलीमा सरस्वतीको वास हुन्छ । मिठो बोल्नेलाई सबैले मन पराउछन् । मिठो बोल्नेलाई सबैले साथ दिन्छन् ।
  • संघर्षः यदि कुनै चिज विना संघर्ष प्राप्त भएमा उसको मुल्य नै बुझ्दैन । जीवनमा कुनै चिज कडा मेहेनतले प्राप्त गरेमा उसको महत्व आफ्नो जीवनमा फरक किसिमको हुन्छ ।


प्रतिक्रिया दिनुहोस्