Logo

ठूलो स्वरले गफ गरेको भन्दै गोली हानी पाँच छिमेकीको हत्या



एजेन्सी, २३ चैत्र । रुसमा एक सनकी व्यक्तिले गोली प्रहार गरी पाँचजना छिमेकीको हत्या गरेका छन् । हत्याको कारण रोचक छ । उनले छिमेकीले ठूलो स्वरले कुरा गरेको भन्दै गोली चलाएका थिए । ३२ वर्षीय पुरुषले रिजन क्षेत्रको यलाटा भन्ने वस्तीमा आज गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो ।

घटनामा पाँचजना मारिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ । ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको जानकारी रुसी समय अनुसार साँझको दश बजे पाइएको त्यहाँको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर त्यस क्षेत्रलाई सिल्ड गरेको थियो । प्रहरीले चार पुरुष र एक महिलाको शव फेला पारेको थियो । उक्त पुरुषको अर्पाटमेन्टमा हतियार फेला परेको थियो । घटनाको कारण घरेलु झगडा हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्