काठमाडौं, चैत २४ । ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके सफल हुनेु बताएकी छन्।
दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र अरूका लागि सहयोग गर्न जुटेकाहरूकोु प्रशंसा गरिन्।
उनले प्रत्येक घण्टाु काम गरेर सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्याउनेू अत्यावश्यकीय काममा खटेका व्यक्तिहरूलाई पनि धन्यवाद दिइन्।
यूकेमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,९३४ पुगेका बेला उनको यस्तो सन्देश आएको हो।
त्रियानब्बे वर्षीया महारानीले आफ्ना प्रियजनबाट अलग्गिने पीडादायी अवस्थाुबारे बोलिन् र अहिले जारी राख्न भनिएको व्यक्तिगत दूरीले दोस्रो विश्वयुद्धताका अन्यत्र सारिएका बालबालिकाहरू सम्झाएको बताइन्।
महारानीले सन्देश दिएको एक घण्टापछि डाउनिङ स्ट्रीटले प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल लगिएको घोषणा गरेको थियो। दश दिनअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनी एकान्तवासमा थिए।
आफ्नो सम्बोधनमा महारानीले नियम मानेर घरमै बसिरहेका सबैले जोखिममा रहेकालाई जोगाउन सहयोग गरेको र आफन्त गुमाएर पीडामा रहेका परिवारसँग सहानुभूतिू भएको बताइन्।
मिलेर हामी यो रोगसँग सङ्घर्ष गरिरहेका छौँ र म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले यसलाई पार लगाउनेछौँ, उनले भनिन्।
उनले आत्मानुशासन र सङ्कल्पमा जोड दिँदै आफूले भविष्यमा यो चुनौती कसरी सामना गरेका थियौँ भन्नेमा सबैले गर्व अनुभूति गर्नेू पनि बताइन्।विगतमा शाही भाषण र सम्बोधनका कारण केही जटिलता पनि उत्पन्न भएका थिए।
उदाहरणका लागि ( सन् १९९७ मा प्रिन्सेस अफ वेल्स डायनाको मृत्युपछि दिइएको सन्देश वा सन् २०११ मा आयरल्यान्डमा भएको भ्रमणका बेला महारानीले गरेको सम्बोधन।
अहिलेको सन्देश भने फरक रह्यो। मानिसहरूलाई आश्वस्त पार्न र प्रेरित गर्न यो एकदमै महत्त्वाकाङ्क्षी थियो।यो सन्देश टेलिभिजन, रेडिओ र सामाजिक सञ्जालहरूमार्फत् प्रसारण गरिएको थियो।
मध्यमखालका लक्षणसहित सङ्क्रमण भएको पुष्टि भएपछि ७१ वर्षीय राजकुमार चार्ल्स सात दिनका लागि स्कटल्यान्डमा एक्लिएर बसेका थिए।बीबीसी