Logo

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने



काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि सरकारले चालेको कदमको समिक्षा र भावी योजना सार्वजनिक गर्नको लागि पनि प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

सरकारले लकडाउन लगाएको अवधि भोलि राति १२ बजे समाप्त हुँदैछ । तर, उच्चस्तरीय समन्वय समितिले एक साता लकडाउन थप्नको लागि मन्त्रिपरिषदलाई सिफारिश गरिसकेको छ । सम्भवतः आज हुने प्रधानमन्त्री ओलीको सम्बोधनमा एक साता लकडाउन थपिएको जानकारी दिनेछन्।

तर, त्योभन्दा बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक समापन भएपछि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

आजको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि एक साता थप्ने बुझिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक साता लकडाउन थप्नेगरि सिफारिश गरेको छ । File Photo/PM’s Secretariat



प्रतिक्रिया दिनुहोस्