२४ चैत । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका हुन् । यसअघि पार्टीको नेतामा जेरेमी कोर्बिन रहेका थिए।
गत डिसेम्बरको आमनिर्वाचनमा बोरिस जोन्सनको नेतृत्वमा रहेको कन्जरभेटिभ्स पार्टीले बहुमत ल्याएपछि कोर्बिनले पदबाट राजीनामा दिएका थिए । डिसेम्बरको चुनावमा लेबर पार्टीको हार अहिलेसम्मकै सबैभन्दा कमजोर रहेको थियो ।
नवनिर्वाचित स्टामर बेलायतका अधिकारवादी वरिष्ट अधिवक्ता रहेका छन् ।
उनले शनिबार भएको पार्टीको अन्तिम मतदानमा ५६।२ प्रतिशत मत प्राप्त गरेका थिए । उनलाई रेबेका लङ–बेली र भारतीय मूलका सांसद लिसा नन्दीले चुनौती दिएका थिए ।
चुनावमा एन्जेला रेनर स्टामरको उपनेतामा चुनिएका थिए । सुधारवादी मानिने ५७ वर्षीय स्टामरले यसअघि सन् २०१६ मा छायाँ आप्रवास मन्त्रीबाट राजीनामा दिएका थिए ।