काठमाडौं, २४ चैत्र । काेराेना भाइरसका कारण उत्पन्न पछिल्लाे अवस्थालाइ दृष्टिगत गरी नेपाल बैंकर्स एशाेसियसनले व्याजदर घटाउने सहमति गरेकाे छ । संघका अध्यक्ष भुवन दाहालले दिएकाे जानकारी अनुसार बैंकहरूबीच पटक पटक छलफल भएपछि व्याजदर घटाउने आन्तरिक सहमति भएकाे हाे ।
यद्यपि यसकाे औपचारिक निर्णय भने भइसकेकाे छैन । सहमित अनुसार वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर ५.५ प्रतिशत, व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर अधिकतम ८.२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ७ प्रतिशतसम्म दिनसक्ने बुझिएकाे छ । सहमति भएकाे व्याजदर सम्वन्धित बैंकले आफ्नाे बेभसाइटका साथै सार्बजनिक संचारमाध्यमबाट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
व्याजदर घटेसँगै बैंकहरूकाे आधारदर कम हुने हुनाले ऋणीहरूलाइ केही राहत पुग्ने भएकाे छ ।-मेरो लगानीबाट