Logo

संसदको अधिवेशन स्थगित गर्न सिफारिस, महाप्रसाद अधिकारी नयाँ गभर्नर



चैत २४, काठमाण्डौ । सरकारले संसदको चालू अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशनस्थगित गर्नराष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नयाँ गभर्नर
सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्