Logo

क्वारेन्टाइनमा ८१६६, आइशोलेशनमा १३१



काठमाडौं, २४ चैत्र । नेपालमा कोरोना भाइरसको रोकथामका लागि ८ हजार १ सय ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३१ जना आइशोलेशनमा छन् ।

हालसम्म कोरोना भाइरसबाट ९ जना संक्रमित भएकोमा एकजना निको भइसकेका छन् । आठ जना उपचाररतमध्ये दुईजना टेकु अस्पतालमा र बाँकी छजना उपत्यकाबाहिर छन् ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २०२४ जना क्वारेन्टाइनमा छन् । प्रदेश ५ मा १९९३, गण्डकी प्रदेशमा ११९७, कर्णाली प्रदेशमा ८४३, प्रदेश १ मा ७५८, बागमती प्रदेशमा ७२५ र प्रदेश २ मा ६२५ जना क्वारेन्टाइनमा राखिएका छन् ।

क्वारेन्टाइनमा रहेकामध्ये कञ्चनपुर, कैलाली र बाग्लुङबाट स्वाबको परीक्षण अगाडि बढाइएको छ । क्वारेन्टाइनमा बसेका दुईजनामा संक्रमण भेटिएपछि सरकारले यस्तो कदम चालेको हो ।



प्रतिक्रिया दिनुहोस्