Logo

नेकपा सचिवालय बैठक भोलि बस्ने



काठमाडौं, २४ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक भोलि बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठक अपरान्ह ४ बजे बस्ने तय भएको हो । लकडाउनयता सचिवालय बैठक बसेको थिएन । नेकपाका वरिष्ठ नेताहरुले बैठकको माग गर्दै आएका थिए ।

सचिवालय बैठकमा सरकारको काम कारबाहीको समिक्षा, औषधी खरिद प्रकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । यसपटकको बैठकमा गम्भीर विषयहरु उठ्ने एक सचिवालय सदस्यले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्