काठमाडौं, २४ चैत्र । महाप्रसाद अधिकारीसँग राष्ट्र बैकको डेपुटी गर्भनर भइसकेको अनुभव छ । उनी यसअघि पनि गर्भनरको प्रतिष्पर्धामा थिए तर छनोटमा परेनन् । यस अघिका गर्भनर नियुक्तिको समयमा तीन जनाको नाममा छनोनमा अधिकारी पनि थिए । तर, तत्कालीन शुशील कोइरालाको नेतृत्वको सरकारले डा. चिरन्जिवी नेपाललाइ नियुक्त गरेको थियाे ।
अधिकारी मौद्रिक नीति बुझेका अर्थशास्त्रीको रूपमा चिनिन्छन् । उनले केन्द्रिय बैंकमा बित्तीय क्षेत्र सुपरीवेक्षण र अनुगमन, सेन्ट्रल बैकिग अपरेशन, मौद्रिक नीति सम्वन्धित व्यवस्थापन लगायतमा अनुभब बटुलेका छन् ।
अधिकारी त्यसपछि लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका हुन् । चार्टड एकाउन्टेड अधिकारीले बर्तमान अर्थमन्त्री युवराज खतिवडालाई गर्भनर हुँदा भरपूर सहयाेग गरेका थिए । त्यो बेला गर्भनरको रूपमा खतिवडा सफल हुनुको पछाडि अधिकारीको सहयोग थियो भन्ने गरिन्छ ।
अधिकारीले सन् १९९३ मा दि इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पुरा गरेका हुन । उनले नेपाल कमर्श क्याम्पसबाट स्नातक र नमूना मच्छेन्द्र क्यामसबाट प्रवीणता प्रमाण पत्र पास गरेका थिए । अधिकारी पूर्वीपहाडी जिल्ला खोटांङमा जन्मिएका हुन् ।-मेरो लगानीको सहयोगमा