Logo

इटालीमा कोरोना संक्रमितको संख्या सवा लाख भन्दा बढी



एजेन्सी २४ चैत : इटालीमा कोरोना संक्रमितको संख्या १ लाख २८ हजार ९ सय ४८ पुगेको छ । सोमबारसम्ममा इटालीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार आठ सय ८७ पुगेको छ ।

त्यस्तैगरी उक्त भाइरसको संक्रमणबाट २१ हजार आठ सय १५ जना उपचारपछि सकुसल घर फर्केका छन् । सोमबार इटालीमा मृत्युदर कम रहेको छ । तीन हजार ९ सय ७७ जनाको अवस्था निकै गम्भीर रहेको छ l



प्रतिक्रिया दिनुहोस्