अल्छि हुने संकेत सधै नकारात्मक मानिन्छ, अल्छिलाई धर्ममा पाप भनिएको छ । सात ठुला पाप मध्ये अल्छि पनि एक हो जुन जन्मबाट नै लिएर आएको हुन्छ जो मस्तिष्कमा भरिएर रहेको हुन्छ । वास्तवमा अल्छि हुँदा खुशी, आराम र सफलता पनि मिल्छ ।
कारणः
निन्द्रा नपुग्नुः राती ढिलो सुत्ने, बिहान छिटो उठ्ने गर्दा हाम्रो शरीरमा धेरै भोक लाग्छ र टन्न खाना खादा धेरै अल्छि भइन्छ ।
समयमा भोजन नहुनुः कहिले छिटो त कहिले ढिलो खाना खानु अल्छि लाग्छ ।
धेरै खानेः अत्यधिक आहार खानाले अल्छिपना बढाउछ ।
व्यायामको अभावः जसले व्यायाम गर्दैन उसका अंग विस्तारै विस्तारै शिथिल हुँदै जान्छ । हिडडुल नगर्दा रक्तप्रवाह पनि राम्रोसँग हुँदैन । यदि बृद्धिमा धेरै रगत प्रवाह नभएमा कुने चिज सम्झन ने सकिदैन र ठिक हुनलाई धेरै समय लाग्छ ।
गलत समयमा सुत्नुः राती ढिलो सुत्ने बिहान ढिलो उठ्दा शरीरमा धेरै असर गर्छ । यसैले १० बज्नु अगाडी नै सुतेर छिटो उठ्दा धेरै फाइदा हुन्छ । यी सबै कारणले शरीरमा अल्छिपन बढ्छ ।