Logo

प्रधानमन्त्री ओली र युएईका युवराजबीच फोनवार्ता, कोरोनाबारे कुराकानी



चैत २५ काठमाण्डौ । नेपाली कामदारहरु धेरै भएको मुलुक युएईमा कोरोना भाइरस संक्रमण बढिरहेको छ । जसले गर्दा त्यहा रहेका नेपालीहरु जोखिममा छन् ।

यूएइमा अहिलेसम्म ११ जना नेपाली कोरोना संक्रमित भएका छन् । त्यसमध्ये दुई जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ युएईका युवराज शेख महोम्मद विन जायद अल नह्यानसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिरहेका बेला  त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा युवराजसँग जिज्ञासा राखेको जानकारी आफ्नो टि्वटर ह्यान्डल र फेसबुकबाट दिएका छन् ।

प्रधानमन्त्रीसँग कुराकानीमा त्यहाँका युवराजले नेपालीहरु इमान्दार र परिश्रमी रहेको बताएका थिए ।

उनीहरुले युएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु, ढुक्क रहनुहोस् नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छाैं,’ युवराजको भनाइ उदृत गर्दै प्रधानमन्त्रीले ओलीले सामाजिक संजालमा लेखेका छन् ।

युएईमा अहिलेसम्म २ हजारभन्दा बढि कोरोना संक्रमित भेटिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्