काठमाडौं, २५ चैत । स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना रोकथाम र नियन्त्रणको लागि परिचालन गर्ने र प्रतिदिन १५ सय प्रोत्साहन भत्ता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
ती स्वयं सेविकाहरुले क्वारेन्टाइनमा विरामीको रेखदेख गर्ने जिम्मा दिइनेछ । त्यसैगरी, निजी क्षेत्रमा रहेका स्वास्थ्यकमीहरुले सरकारी अस्पतालहरुमा आएर सेवा दिन चाहेमा तहगत मिलान गरी सरकारी स्वास्थ्यकर्मीहरुले पाउने सेवा सुविधा उपलब्ध गराउने गरी अवसर दिने निर्णय आजको मन्त्रिपरिषदबाट भएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेनलमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् । साथै, निजी अस्पतालमा रहेर पनि कोरोनासँग सम्बन्धित उपचार गरेमा उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई सरकारी सेवा सुविधा प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । (गोरखापत्रबाट)