एजेन्सी, २५ चैत्र । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्दा अमेरिकामा मात्र १० हजारको मृत्यु भइसकेको छ । अमेरिकामा बितेको २४ घन्टाभित्र १२ सय ५५ जनाको मृत्यु भएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई हप्ता अवस्था डरलाग्दो हुने बताएका थिए । ह्वाइट हाउसले दुई लाख भन्दा बढी मानिसको मृत्यु हुने अनुमान सार्वजनिक गरिकेको छ ।
विश्वभर १३ लाख भन्दा बढी संक्रमित हुँदा अमेरिकामा साँढे ३ लाख संख्या कटिसकेको छ । यो संख्या दिनानुदिन बढ्दै छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर मृतक संख्या बढेर ७४ हजार ६ सय ४७ पुगेको हो । संक्रमित संख्या १३ लाख ४५ हजार ७ सय ५१ छ ।
सबैभन्दा बढी अमेरिकामा ३ लाख ६७ हजार ४ जना संक्रमित संख्या छ । त्यसपछि स्पेन, इटाली र जर्मनीमा संक्रमित संख्या एक लाख कटिसकेको छ ।
देश संक्रमित
अमेरिका ३६७००४
स्पेन १३६६७५
इटाली १३२५४७
जर्मनी १०३३७४
फ्रान्स ९२०१०
चीन ८१७०८
इरान ६०५००
बेलायत ५१६०८
टर्की ३०२१७
स्वीटजरल्यान्ड २१६५७
बेल्जियम २०८१४
स्रोतः वोल्डोमिटर