Logo

मन्त्री बस्नेतद्वारा स्वास्थ्य सामग्री सहयोग



जाजरकोट, २५ चैत : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

ती सामग्रीमा क्वारेन्टाइनका लागि १२ श्यया, १०० थर्मलगन, १४० वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल साबुन, ग्लोब, पञ्जा, सर्जिकल क्याप लगायतका रहेका छन् । मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत् जिल्ला स्वास्थ्य कार्यालयलाई ती सामग्री हस्तान्तरण गरे ।

त्यस्तै निर्माण व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष रत्न खड्काले १०० थान विभिन्न स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय र गाउँपालिकालाई उपलव्ध गराएका छन् । आजै ती सामग्री सबै स्थानीय तहमा पुग्ने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । File photo



प्रतिक्रिया दिनुहोस्