Logo

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोगमा अग्रवाल पक्राउ



काठमाडौं, २५ चैत्र । शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ पारेका छन् । आज दिउँसो प्रहरीले अग्रवाललाई न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अग्रवालमाथि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोग छ । अग्रवालको साथबाट ६७ थान थर्मल गन बरामद गरेको एक प्रहरी अधिकृतले बताए । अपराध महाशाखाका अनुसार अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खाजेका थिए ।



प्रतिक्रिया दिनुहोस्