महाभारतको धृतराष्ट्र अन्धो थिए । तर उनको अन्धोपन पछिल्लो जन्ममा एक श्रापको कारण मिलेको थियो । धृतराष्ट्रले गान्धारी परिवारको छोरीसँग विवाह गरेर गान्धारी पविारलाई नै मारेका कारण उनलाई अन्धो हुने श्राप दिएका थिए ।
भीमले धृतराष्ट्रको प्रिय छोराहरु दुर्योधन र दुशासनको निर्मम तरिकाले मारेका थिए । यसैकारण धृतराष्ट्रले भीमलाई मार्न चाहान्थे । जब युद्ध समाप्त भयो श्रीकृष्णसँग युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेवलाई महाराज धृतराष्ट्रलाई भेट्न लिएर गए । युधिष्ठिर लगायत ३ भाईसबैले आफ्नो नाम भन्दै धृतराष्ट्रलाई प्रणाम गरे । भगवान श्रीकृष्णलाई धृतराष्ट्रले भीमलाई नाश गर्न खोजेको मनको कुरा पहिले नै थाहा थियो । महाराजाले भीमलाई गला लगाउने इच्छा देखाएपछि श्रीकृष्णले भीमको लोहको मुर्ति अगाडी बढाइदिए । धृतराष्ट्र धेरै शक्तिशाली थिए । उनी क्रोधमा आएर भमिको लोहमा भीमको मुर्तिलाई दुईवटा हातले थिचे र मुर्ति भाँचियो ।
मुर्ति भाच्नुका साथै उनको मुखबाट रगत निक्लियो र जमीनमा लडे । केही बेरमा उनको क्रोध शान्त भयो अनि भीम म¥यो भन्दै रुन लागे । श्रीकृष्णले महाराजासँग भीम जिवित छ, हजुरले भाचेको त उसको मुर्ति हो भन्दै सम्झाए । यसरी श्रीकृष्णले भीमको प्राण बचाए ।