चैत २६, काठमाण्डौ । कोरोना भाइरसले अहिलेसम्म (चैत २६, १२:१०बजे) ८१ हजार १ सय जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल १४ लाख १० हजारभन्दा बढि संक्रमित भएका छन् । संक्रमितमध्ये ३ लाख ७ सय निको भएका छन् । तर उपचाररत १० लाख २८ हजारमध्ये करिब ४७ हजार ८ सयको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा ६४ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार ३ सयको मृत्यु भएको छ। मृृत्युु हुनेेको संंख्या अघिल्लो दिनभन्दा २ हजार बढी हो ।
सबैभन्दा बढि संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ८६ हजार पुगेको छ । त्यस्तै एकदिनमै अमेरिकामा ३० हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने मंंगलबार मात्रै १३ सय ७५ जनाको मृत्यु भएको छ । एकैैैैै दिन यति धेेेरै संंख्यामा मृृृत्युु भएको पहिलोपटक हो ।
अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको कुुुल संख्या १२ हजार २ सय ४६ पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ । इटालीमा एकैदिन ६ सय ४ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १७ हजार १ सय २७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ ।
त्यस्तै फ्रान्समा संक्रमित हुनेको कूल संख्या १ लाख १० हजार पुगेको छ । मर्नेको संख्या १० हजार ३ सय २८ पुगेको छ । त्यहाँ मंंगलबार मात्रै १४ सय १७ जनाको मृत्यु भयो । यो अहिलेसम्मकै बढी हो ।
उता स्पेनमा एकैदिन ५ सय ५६ जनाको मृत्यु भएको छ । योसहित स्पेनमा मर्नेे संख्या १३ हजार ८ सय ९७ पुगेको छ । त्यसैगरि चिनमा मर्नेको संख्या ३ हजार ३ सय ३१ पुगेको छ । नियन्त्रणमा आइसकेको भनिए पनि चिनमा सोमबार ३२ जना नयाँ संक्रमित भेटिए । चिनमा पहिलो पटक २४ घण्टा भित्र मृत्यु भएन ।
यद्यपी चिनमा अहिले पनि १२ सय ४२ जनाको उपचार भइरहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८१ हजार ७ सय ४० हो ।
बेलायतमा पनि कोरोना तीब्र गतिमा फैलिएको छ । मंंगलगबार त्यहाँ ७ सय ८६ जनाको मृत्यु भयो भने ३ हजार ६ सय नयाँ संक्रमित भेटिए । त्यहाँ कुल संक्रमितको संख्या ५५ हजार नाघेेको छ भने ६ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ ।
बेल्जियममा एकैदिन ४ सय ३ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या २ हजार ३५ पुगेको छ ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म ५ हजार ३ सय ११ जना संक्रमित छन् भने १ सय ५० जनाको मृत्युु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भयो भने ५ सय ३३ जनामा संक्रमण देखियो ।
यो भाइरस विश्वका २ सय ९ देशमा फैलिएको छ ।