Logo

यो बर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने



काठमाडौं, चैत २६ । कोरोना भाइरसको सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ ।

विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो । यस पटक वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारी योजना थियो ।
शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणका कारण यस वर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने बताएको आजको गोरखापत्रमा दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot