Logo

जापानमा संक्रमितको संख्या बढ्यो



टोकियो, चैत २७ । जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुकाअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

जापानमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल संख्या ४ हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

कोरोनाको सङ्क्रमण थप फैलिदै जाने देखेर राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो ।

जापानमा अहिलेसम्म कुल सङ्क्रमित मध्ये सवैभन्दा धेरै राजधानी टोकियोमै रहेका छन् । टोकियोमा १ हजार ३३९ जना संङ्क्रमित हुँदा दोस्रो धेरै संक्रमित भएको ओसाकामा ४८१ जना संक्रमित रहेका छन् ।

त्यसैगरी कानागावामा ३३२ जना, चिबामा ३०७ जना, ऐची क्षेत्रमा २६० जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित मध्ये एक हजार २४२ जना भने निको भएर घर फर्किएका छन् ।आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्