Logo

सँसारभर ३ अर्ब ३० करोडको काम पूर्ण या अर्ध बन्द, २० करोडले रोजगार गुमाउने



एजेन्सी, २८ चैत्र । कोरोना भाइरसको महामारीका कारण संसारभर चरम आर्थिक संकट देखिनथालेको छ । यसले दीर्घकालिन असर गर्ने आँकलन गरिएको छ । अहिले सँसारको काम गर्ने उमेर समूहका मानिसहरुमध्ये ८१ प्रतिशत अर्थात् ३ अर्ब ३० लाख मानिसहरुको काम गर्ने क्षेत्र पूर्ण या अर्ध बन्द अवस्थामा रहेको संयुक्त राष्ट्रसंघ अन्र्तगतका अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । पाँचजनामध्ये चारजनाको रोजगारमा संकट रहेको छ ।

सँसारभर फैलिएको महामारी रोकथामका लागि गरिएको लकडाउनले आधा जनसंख्या लकडाउनमा छन् । उद्दोग व्यवसायहरु बन्दको अवस्थामा छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार कामदार व्यवसायले ठूलो संकट बेहोरिरहेका छन् । दोस्रो विश्वयुद्धपछिको ठूलो आर्थिक संकटले बेरोजगारी बढेको आइएलओको निष्कर्ष छ ।

अप्रिलसम्म २० करोड मानिसले जागिर गुमाइसक्ने आँकलन गरिएको छ । सबैभन्दा बढी एशिया प्यासिफिकमा साँढे १२ करोडले रोजगारी गुमाउने आँकलन गरिएको छ । अमेरिकामा साँढे दुई करोड, अफ्रिकामा दुई करोड, युरोपमा एक करोड, मध्य एशियामा ८० लाख र अरब मुलुकहरुमा ५० लाखले रोजगार गुमाउनेछन् ।

सबैभन्दा बढी प्रतिशत रोजगारीमा खतरा अमेरिका, युरोप र मध्य एशियामा रहेको छ । त्यसपछि एशिया प्यासिफिक, अरब मुलुक र अफ्रिकामा रोजगारीमा खतरा बढेको प्रक्षेपण छ ।

यसैगरी, अन्तर्राष्टिय मुद्रा कोषले कोरोना भाइसले विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ । २०२० भर आर्थिक वृद्धिमा ठूलो नोक्शान पर्ने भन्दै २०२१ मा क्षतिमा केहीमात्र पूर्ति हुने जनाइएको छ । कोषकी निर्देशक क्रिस्टालिना जर्जजिभाले आर्थिक वृद्धिदरमा ठूलो नोक्शान हुने बताएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्