Logo

ट्रम्पले पुटिन र सलमानसँग कुरा गरे, तेल उत्पादन घट्दै



एजेन्सी, २८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजा सलमानसँग कुराकानी गरेका छन् । उनले तेल उद्दोगको हितका लागि महत्वपूर्ण कुराकानी भएको शुक्रबार खुलासा गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ट्रम्पले तेल उत्पादनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुनेगरी छलफल भएको बताएका छन् । तेल उत्पादक देशहरुको बैठक अनलाइनमा भइहँदा ट्रम्पले पुटिन र सलमानसँग कुराकानी गरेका हुन् ।

योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । तेल उत्पादक देशहरुको समूह ओपेकसहित केही ठूला उत्पादकहरुको बैठक शुरु हुँदै गर्दा मूल्य वृद्धि भएको हो ।

अनलाइन मार्फत् बैठक बिहिबार शुरु भएको बैठकमा तेलको उत्पादन कटौतीबारे छलफल हुनेछ । यसको निर्णय बैठक सकिएपछि मात्र आउने बुझिएको छ । बैठकले तेलको उत्पादन कटौती गर्ने निर्णय गर्नसक्छ ।

कोरोना भाइरसका कारण विश्वभर आर्थिक संकट छ । अधिकांश देशहरुमा लकडाउनका कारण तेलको खपत ह्वात्तै घटेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्