Logo

तीनै तहका सरकार कोरोनाविरुद्ध क्रियाशील



काठमाडौँ, २८ चैत । अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन गराएका छन् ।

नेपालको संविधानले तीन तहको सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्य हुने उल्लेख गरेको छ । अनुसूची ५ देखि ९ सम्मले एकल र साझेदारीका आधारमा तीन तहका सरकारबाट कार्यसम्पादन हुनेगरी अधिकारको बाँडफाँट गरिएको छ । सङ्घीय र प्रदेश सरकारले कोरोना भाइरसको सङ््क्रमण फैलिन नदिन नीतिगत रूपमा काम गरेका छन् भने स्थानीय सरकारले त्यसको कार्यान्वयन गरिरहेकाले नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नसकेको सङ्घीयता विज्ञ डा. खिमलाल देवकोटाले बताएका छन् ।

उनले यो चुनौतीको घडीमा स्थानीय सरकारका लागि चुनौती र अवसर दुवै हो, यसलाई उचित रूपमा कार्यान्वयन गर्नुपर्छ भने । नेपालले अहिलेसम्म कोरोना भाइरसलाई नियन्त्रणमा राखेको छ । नेपाल सरकारले समयमै चालेको प्रयासले अहिलेसम्म सङ्क्रमण फैलिन पाएको छैन । सङ्क्रमण फैलिन नदिन तीन तहकै सरकारका संयन्त्रले प्रभावकारी भूमिका खेल्नुपर्छ । महाविपत्तिमा नागरिक नजिकको सरकार भएकाले स्थानीय सरकारको भूमिका थप महìवपूर्ण हुन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot