बेलायत, चैत २८ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको तर उनी अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्।
नम्बर टेनु भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्नेू जनाएको छ।
कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।
उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु शुभ समाचारू भएको बताए।स्वस्थ्य मन्त्री म्याट ह्यानककले भनेस् प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्किएर निको हुने बाटोमा लाग्नु एकदमै राम्रो भयो। एनएचएस हामी सबैका लागि हो र मलाई थाहा छ हाम्रा एनएचएसका कर्मचारीले जोनसनलाई विश्वस्तरीय सेवा दिएका छन्।
यसैबीच, सेवा गर्नेका लागि तालीू नामक तेस्रो कार्यक्रममा युकेभरि मानिसहरूले एनएचएसका कर्मचारी र महामारीविरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने अन्य कामदारको प्रशंसा गरेका छन्।