Logo

इटलीमा भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार भन्दा बढी



एजेन्सी, २८ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ४३ हजार ६ सय २६ जना प्रभावित भएका छन् । त्यसैगरी इटलीमा २८ हजार चार सय ७० जना मानिसहरु भाइरसको उपचारपछि सकुसल घर फर्केका छन् ।

त्यस्तै,तीन हजार ६ सय पाँच जना मानिसको अवस्था गम्भिर रहेको छ । इटलीमा भाइरसबाट हुने मृत्यु दरमा सुधार आएको छ । अमेरिका भने निकै प्रभावित भएको छ । इटाली कोरोना संक्रमण सुरु भए पश्चात सय चिकित्सकको निधन भएको छ । कोरोनाको संक्रमणले दोश्रो चरणको भयाबह स्थिति पैदा गर्न सक्ने चीनको अनुमान रहेको छ ।

विश्वभर भाइरस संक्रमणबाट १६ लाख पाँच हजार दुई ७७ जना प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या ९५ हजार सात सय ५१ पुगेको छ l Photo Source : Wall Street journal



प्रतिक्रिया दिनुहोस्