काठमाडौं, २८ चैत्र । यति समूहले कोरोना भाइरस (कोभिड–१९) केन्द्रीय कोषमा एक करोड सहयोग गरेको छ। कोरोना भाइरसको रोकथामका लागि यती समूहका लगानीकर्ताहरुको तर्फबाट यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।
यति समूहले जारी गरेको विज्ञप्तीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले नेपाल लगायत विश्वनै ठप्प बनेको यस घडीमा माहामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकार लागि परेको भन्दै सरकारको कदमको प्रशंसा गरेको छ । विज्ञप्तीमा भनिएको छ,नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु हामी एक राष्ट्रिय व्यवसायिक समूह ‘यती समूह’ले आफ्नो कर्तव्य ठान्दछौं । कोरोना भाइरसको रोकथामका लागि यती समूहका लगानीकर्ताहरुको तर्फबाट आज यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाद्वारा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १,००,००,०००।– (अक्षरुपी एक करोड रुपैयाँ) को चेक हस्तान्तरण गरिएको छ ।”
उसले थप भनेको छ,व्यवसाय ठप्प छ,”अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा ‘यती समूह’ उभिएको जानकारी गराउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछांै । माहामारी न्यूनीकरण तथा रोकथाम गर्ने महाअभियानमा हाम्रो तर्फबाट गरिएको योे सानो सहयोग फलदायी हुने विश्वास लिएका छौं ।”