धेरै वोसो भएको खानाले हृदय रोगको समस्या हुन्छ । धेरै मात्रामा वोसोको सेवन गर्नाले धमनिमा कोलस्ट्रोल बढ्न सक्छ । वोसोले शरीरमा क्यालोरीको मात्रा बढाई मोटोपना जस्ता समस्या आउछ । जसका कारण मनको बिरामी र कुनै प्रकारका क्यान्सरको खतरा बढ्छ ।
पालीअनसेचुरेटेड वोसोको धेरै सेवन गर्नाले कुनै पनि किसीमका क्यान्सरको खतरा बढ्छ । यदि दैनिक रुपमा धेरै वोसो युक्त पदाद्र्धको सेवन कम गर्नाले क्यान्सर र हृदय रोगै नलाग्ला भन्न नसकेपनि खतरा भने कम गर्छ ।
बोसोको मात्रा
एक महिलाले प्रतिदिन ७० ग्राम बोसो सेवन गर्नुपर्छ । पुरुषले भने दैनिक ९५ ग्राम वोसोको सेवन गर्नुपर्छ । (५–१०) वर्षका बच्चालाई प्रतिदिन ७० ग्राम बोसोको आवश्यकता पर्छ ।
यदि तपाइँलाई प्रतिदिन २ हजार क्यालोरी आवश्यक हो भने क्यालोरीको ३२ बाट ४३ प्रतिशत तपाइँको वोसोसँग मिल्नुपर्छ । किनकी हरेक १ ग्राम वोसोमा ९ क्यालोरी हुन्छ, यसको अर्थ प्रतिदिन ७० बाट ९५ ग्राम बोसोयुक्त भोजनको सेवन गर्नुपर्छ । यसकारण तपाइँको २ हजार क्यालोरीबाट ६ सय ३० बाट ८ सय ५५ क्यालोरी मिल्नेछ ।