Logo

भारतमा लकडाउन लम्बिने, कोरोनाबाट २२८ को मृत्यु



एजेन्सी, २८ चैत्र । भारतमा लकडाउन लम्बिने भएको छ । २१ दिनको लकडाउन अर्को हप्ता सकिने लाग्दा लम्ब्याउने तयारी भएको जनाइएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार लकडाउन लम्ब्याउने निर्णय कुनैपनि बेला आउने जनाएको छ । लकडाउन लब्याउने संकेत गर्दै भारत सरकारले त्यस अनुसारको राहत समेत घोषणा गरिसकेको छ ।

२५ मार्चबाट २१ दिनका लागि गरिएको लकडाउन सकिन चार दिन बाँकी छ । त्यस अगावै लकडाउन लब्याउने तयारी भएको इन्डियन एक्सप्रेसले जनाएको हो ।

यसैगरी भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । संक्रमितको संख्या ६ हजार ७ सय ७१ पुगेको छ । संक्रमण र मृतकको संख्यालाई दृष्टिगत गरी भारतमा लकडाउन लम्ब्याउने तयारी भइरहेको छ ।

विभिन्न राज्यहरुले लकडाउन लम्बिने घोषणा गरिसकेका छन् । कोभिड १९ टेष्ट संख्या पनि बढाइएको छ ।



प्रतिक्रिया दिनुहोस्