चैत २९, काठमाण्डौ । कोरोना भाइरसले शुक्रबार एकै दिन अमेरिकामा १ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन् । एकैदिन यति धेरै मृत्यु भएको पहिलोपटक हो ।
योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ३२३ पुगेको छ। अमेरिकामा ४ लाख ९३ हजार संक्रमितमध्ये २४ हजार जना नयाँ संक्रमित थपिएका हुन् ।
बेलायतमा शुक्रबार एकै दिन ९८० जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म ८ हजार ९५८ जनाले ज्यान गुमाएका छन्। ७३ हजार ७५८ जना संक्रमित मध्ये ८ हजार ६८१ जना नयाँ संक्रमित थपिएका छन्।
फ्रान्समा एकैदिन ९ सय ८७ जनाले ज्यान गुमाउदा कुल मृतकको संख्या १३ हजार १९७ पुगेको छ । संंक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ ।
इटलीमा एकै दिन ५७० जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा १८ हजार ८४९ जनाले ज्यान गुमाएका छन् । कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी छन्। १ लाख ४७ हजार ५७७ संक्रमित छन् । जसमा ३ हजार ९५१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा एकै दिन ५२३ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १५ हजार ९७० जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ५७ हजार ५३ संक्रमित छन्। जसमा ३ हजार ८३१ जना नयाँ संक्रमित भएका छन्।
अहिलेसम्म इरानमा ४ हजार २ सय ३२, चिनमा ३ हजार ३ सय ३६, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ६ सय ८८, नेदरल्याण्डमा २ हजार ५ सय १८, ब्राजिलमा १ हजार ५७ र स्विजरल्याण्डमा १ हजार २ जनाको मृत्यु भएको छ ।
त्यसैगरि भारतमा २ सय ४६ जनाको मृत्यु भएको छ भने ७ हजार ५ सय ९८ जना संक्रमित छन् । एसियामा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ५ सय छ भने १० हजार २२१ जनाको मृत्युु भएको छ ।
कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या शनिबार राति २ बजेसम्म १ लाख २ हजार ५१ जना पुगेको छ। कोरोनाले १६ लाख ८४ हजार २१ जना संक्रमित भएका छन्। त्यस्तै ३ लाख ७५ हजार २२१ जना निको भएका छन्।
उपचाररत १२ लाख ६ हजार ४९ जनामध्ये ४९ हजार ७ सय ७४ जनाको अवस्था गम्भीर छ । यो भाइरस विश्वका २ सय १० देशमा पुगेको छ ।