Logo

अमेरिकामा पाँच सय नेपाली कोरोना संक्रमित



वाशिङ्टन डिसी, चैत २९ । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन् ।

यो सङ्क्रमणले १६ हजार अमेरिकीको ज्यान लिइसकेको छ । लगभग विश्वका नागरिककै बसोवास रहेको यस संयुक्त राज्यमा द्रुत गतिमा फैलिएको यो भाइरसको सङ्क्रमणले लगभग संसारका नागरिकमा नै चिन्ता छाएको छ । यो महामारीबाट अमेरिकामा बसोवास गर्ने नेपाली पनि नराम्ररी प्रभावित बन्न पुगेका छन् । यसबाट यहाँका नेपाली तथा नेपालमा रहेका उनीहरुका आफन्त पनि चिन्तित छन् । अहिलेसम्म अमेरिकामा रहेका करिब ५०० नेपालीभाषी वा नेपाली मूलका नागरिक सङ्क्रमित भएको अनुमान गरिएको छ ।

तर यो तथ्याङ्क कुनै अस्पतालबाट प्राप्त एवं स्वतन्त्र रुपमा पुष्टि भएको भने होइन । यहाँको नेपाली दूतावास, नेपाली समुदायका विविध सामाजिक सङ्घसंस्था, नेपालीको बसोवास रहेका विविध समुदाय आदिबाट प्राप्त तथ्याङ्कका आधारमा यहाँ करिब ५०० नेपालीमा सङ्क्रमण देखिएको अनुमान गरिएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्