Logo

नेपाल प्रहरीका दश एसएसपीको डीआईजीमा बढुवाका लागि सिफारिस



काठमाडौं, २९ चैत । नेपाल प्रहरीका रिक्त दश प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुबा लागि दश जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको नाम सिफारिस गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको शुक्रबारको निर्णय अनुसार बढुबा सिफारिमा पर्नेहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा रहनु भएको छ ।

त्यस्तै बढुवाका लागि सिफारिसमा परेका अन्य एएसपीहरूमा धिरजप्रताव सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धनुक, उत्तमराज सुवेदी तथा अरुणकुमार बीसी रहेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot