Logo

गरिव तथा विपन्न परिवारका लागि राहत वितरण



ललितपुर, २९ चैत । ललितपुर गोदावरी नगरपालिका गोदामचौरका गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । साविक १ हाल वडा न. २ मा एक सय असी घरधुरी र वडा नं ३ मा ३ सय घरधुरी गरी ४ सय असी घरधुरीलाई राहत सामाग्री वितरण गरिएको साविक १ हाल वडा न. २ का अध्यक्ष हरीहर कार्कीले बताएका छन् ।

गोदामचौर स्थित श्री दलित महिला कृषि सहकारी संस्था लि. को सहकार्यता र अष्ट्रिलियन एड, क्यारिटाज, क्यारिटास नेपालको आयोजनामा गरिब तथा विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट प्रभावित हुन पुगेका परिवारलाई वडा कार्यालयको पहलमा राहत वितरण गरिएको अध्यक्ष कार्कीले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot