काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् । मुटु दुखेपछि उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भट्टराई अस्पताल भर्ना भएको जनाएका छन् ।
रिमालले लेखेका छन्,”डा राजन भट्टराईको @Rajanktm मुटुमा समस्या देखिएकोले एंजियोप्लास्टि गरिएको छ। उहाँको अवस्था अहिले सामान्य छ। शीघ्र स्वास्थ्यलाभको कामना!” उनी यतिवेला बाँसबारीस्थित् सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका छन् । मुटुको भाल्भमा समस्या देखिएपछि शल्यक्रिया गरिएको जनाईएको छ । उनी हिजो (शुक्रबार) राति नै अस्पताल भर्ना भएका हुन् । FILE PHOTO