एजेन्सी, २९ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफ्नो देशबाट भरपूर फाइदा लिएको टिप्पणी गरेका छन् । उनले शुक्रबार पत्रकारको प्रश्नमा चीनलाई विश्व व्यापार संगठनमा अमेरिकाले नै ल्याएको र त्यसपछि उसको अर्थतन्त्र माथि पुगेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘चीन विकासशील देशका रुपमा लिइन्छ, यो हो भने अमेरिका पनि विकासशील देश हो ।’ चीनले विकासशील देशका रुपमा सुचीकृत भएर लाभ लिइरहेको ट्रम्पको टिप्पणी थियो ।
अमेरिकाबाट बितेको ३० वर्षसम्म चीनले फाइदा लिइरहेको उनको भनाई थियो । चीनलाई लाभको अवसर दिइएको समेत ट्रम्पको भनाई थियो ।-File Photo