Logo

आज २०७६ चैत्र २९ गते शनिबारको राशिफल



काठमाडौं, २९ चैत्र । आज श्री शाके १९४१ वि. सं. २०७६ साल चैत्र २९ गते शनिबार इश्वी सन २०२० अप्रिल ११ तारीख बैशाख कृष्णपक्ष चतुर्थी तिथी अनुराधा नक्षत्र ब्यतिपात योग वव करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा अमृत योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु (ज्यो. प. सरोज घिमिरे)

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) वाणीका कारण निकटतम ब्यक्तिहरुसँग सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजसको सम्भाबना रहेको छ । खानपानमा विशेष सावधानी अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जीवनसाथीको सहयोगमा गरीएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । व्यापार तथा व्यवसायममा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्बहरुको साथ र सहयोगमा कमी आएको महसुस हुनेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिष्पर्धीहरुको बृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पूर्याउनुपर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारिरिक अस्वस्थताको सम्भाबना रहेको छ । आकस्मिक खर्चको सामना गर्नुपर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको कार्य लापरवाहीको प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साझेदारी व्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुरा काट्ने ब्यतिहरुबाट बच्नुपर्ने छ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारिक साथ सहयोमा गरिएका कार्यहरु दिर्घकालिन फाईदाका स्रोतसावित हुनेछन । पति पत्निबीचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्य क्षेत्रको लगनसीलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रजन तथा दाजुभाईबीचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रम गर्नुपर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नुपर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कुलकुटुम्बहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ । बौद्धिक ब्यत्तित्वसँगको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखापर्ने छ । मित्रजनको साथ र सहयोगमा कमी रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । व्यापार तथा व्यवसायको साझेदारीमा भने सामान्य असमन्जसता उत्पन्न हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनुहोला । नयाँ कार्यको थालनी गर्न समय उत्तम रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसिक चञ्चलताका कारण मित्रजनसँगको सम्बन्धमा फाटो आईपर्नेछ । जीवनसाथीको सहयोमा गरिएका व्यापार र व्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साझेदारी कार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिष्पर्धीहरु शुभ चिन्तकका रुपमा परिणत हुनेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । विपक्षी तथा प्रतीष्पर्धीहरुको बृद्धि हुन सक्नेछ । नयाँ काम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ । तथापि, साझेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रमको सम्भाबना रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तानसम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामान्य यात्रापश्चात् मानसम्मानको प्राप्ति हुन सक्नेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारिवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।



प्रतिक्रिया दिनुहोस्