Logo

लकडाउनमा प्रकाशमान सिंह भान्छामा, मःम बनाउन सघाउँदै



काठमाडौं, २९ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आगामी २०७७ साल बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ । यो अवधिमा देशका सबै शीर्ष नेताहरु होम क्वारेन्टिनमा छन् । यो अवधिमा नेताहरुले परिवारलाई समय दिने, नयाँ नयाँ पुस्तक पढ्ने र सिनेमा हेरेर दिन काटेका समाचार आईरहेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह भने घरको काममा सघाउईरहेका छन् । सिंह परिवारले आज घरमै मःम बनाउने तयारी गरेको छ । जसको लागि परिवारका सदस्यहरु जुटिरहेको सिंहकी पत्नी सिर्जनाले हालेको भिडियोबाट प्रष्ट हुन्छ ।

सिंहले आफ्नो ट्विटरमा नेता सिंह मःम बनाउँदै गरेको सानो भिडियो क्लिप हालेकी छिन् । उनले लेखेकी छिन्,”आम नेपाली पुरूष घरको काम गर्नलाई विदेशीनु पर्रो वा डेरामा पढ्न बस्नुपर्यो । तर मेरो अनुभव घरमा । महिला पुरूष बराबर काम गरेको देखेको चाक्सिवारीमै हो । यो सब मंगलाआमाको ट्रेनिंग हो । छोराछोरी बराबर । प्राय नत्र भाषणमा एउटा ब्यवहारमा अर्कों हुन्छन् ।”



प्रतिक्रिया दिनुहोस्