Logo

प्रधानमन्त्री ओलीद्धारा मुख्यमन्त्रीहरुसँग ‘भिडियो-कन्फ्रेन्स’, कोरोना रोकथामबारे कुराकानी



काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज भिडियो कन्फ्रेन्स गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमको कार्यान्वयनको बारेमा समिक्षा गर्न प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग आज कुराकानी गरेको बुझिएको छ । सरकारले कोरोना रोकथामको लागि आगामी २०७७ साल बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ ।

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्रीले भिडियो कन्फरेन्स गरेका हुन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङ र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिलेसम्म आ आफ्नो प्रदेशमा भइरहेका प्रयाशहरूको बारेमा प्रधानमन्त्रीलाई त्यहाँको स्थिति जानकारी गराएका छन् । तस्विर : प्रधानमन्त्री ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्