काठमाडौं, २९ वैशाख । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा सरकार आक्रामक शैलीमा कोभिड १९ को टेष्टमा सक्रिय भएको बताउँछन् । अबको दुई हप्ता टेष्टले निकै गति लिने उनको भनाई छ । त्यसपछि लकडाउनको भविष्य तय हुने बताउँछन् । यीनै सेरेफेरोमा डा. देवकोटासँग ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बहसमा गरेको कुराकानीः
स्वास्थ्य मन्त्रालयको पछिल्लो गतिविधि बताउनुस् न ?
अहिले हामीहरुले कोभिड–१९ को परीक्षणको दायरालाई बढाएका छौं । झन्डै ३७ सय हाराहारीको परीक्षण भइसकेको छ । सुदुरपश्चिका जिल्लाहरुमा भारतबाट धेरै मान्छेहरु आएकाले साथै भौगोलिक दृष्टिकोणले विकट भएकाले ती ठाउँका नमुना संकलन गरेका छौं । खासगरी बाहिबारबाट आएको जो क्यारेन्टाइनमा बसेका छन् तीनमा परीक्षण गरिसकेपछि संक्रमणको एउटा खाका तयार हुने छ । दोस्रो जो सेवा निवृत्त भएर बाहिर बसिरहनुभएको स्वास्थ्यकर्मीहरु हुनुहुन्छ उहाँहरुलाई सेवामा आउन अनुरोध गरिरहेका छौं । उहाँहरुको दक्षता, अनुव आवश्यक छ त्यसैले प्रयोग गर्ने हिसाबले त्यसो गरिएको हो । अर्को विभिन्न कलेजहरुमा अध्ययनरत डाक्टरहरुलाई परिचालन गर्ने पनि सोच बनाएका छौं । जो १४ दिनसम्म क्वारेन्टाइनमा बसेका छन् उनीहरुमा कत्तिको संक्रमण छ र आउने दिनमा कुन रणनीति अपनाउन सुरक्षित हुन सकिन्छ भनेर थाहा पाउन सकिन्छ ।
पछिल्लो समय तपाईंहरुको काम गर्ने तौरतरिका आक्रमणशैलीमा अगाडि बढेको छ ?
अहिले हामी २१ दिनको हाराहारीमा आएका छौं । अब हप्ता दश दिन अहिल रयापिड्ली काम गरेर यहाँकै शब्द सापटी लिँदा आक्रमक नै भनौं त्यो शैलीमा जतिसक्दो बढीभन्दा बढी टेष्ट गरेर तयार भएर बस्ने । त्यसलाई यदि कमिटीमा लुकेर बसेको छ भने त्यो पनि पत्ता लगाउने । र हाम्रा तयारीहरुलाई पनि त्यसै अनुरुप रणनीति तय गर्दैछौं ।
सुदूरपश्चिमकै कुरा गर्दा गाउँगाउँबाट अझै परीक्षण भएन भन्ने आएको छ, किन ढिलासुस्ती भएको हो ?
त्यसको लागि हामीले रयापिड टेष्ट किट प्रयोग गरेका छौं । यसले यदि शरीरमा संक्रमण छ भने पोजेटिभ देखिन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ । त्यसको लागि त्यो प्रयोग गरेका हौं । देशका धेरैजसो जिल्लाहरुमा ¥यापिट टेष्ट किट पुगिसकेको छ । आजबाट धेरै जिल्लामा त्यसको सुरुआत हुँदैछ । त्यसको लागि स्वास्थ्य मन्त्रालयबाट हरेक प्रदेशमा तीनजनाको दरले टोली खटाएका छौं । उहाँहरुले पहिलो परीक्षणको दायरा, दोस्रो लजिष्टिकको काम के भइरहेको छ । त्यहाँको स्वास्थ्य स्थिति र आइसुलेसनको व्यवस्था के छ । भोलि जाँदा समस्या देखियो भने कुन ठाउँबाट सजिलै विरामीहरु ल्याउन सकिन्छ । अहिले यही काम गरिरहेका छौं । लकडाउनको अवस्थामा पनि वेबपेजहरुबाट हज्जारौं मान्छेहरुका डाटाहरु संकलन भइराखेका छन् । सामान्य प्रशासन मन्त्रालयमार्पmत पनि यो कामहरु भइराखेका छन् । स्थानीय निकायहरुसँग पनि समन्वय गरेर काम गरेका छौं । अब अलि आक्रमक ढंगले चेक जाँच गर्ने जसले गर्दा केकति समस्या छन् त्यो पत्ता लगाउन नभएमा आउने दिनमा कस्तो रणनीति अपनाउने भनेर काम गरिरहेका छौं ।
सरकारले अहिलेको अवस्थामा सर्वदलीय उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने त्यो किन बनाइएन ? तपाईंहरुको ध्यान त्यतातिर गएको छ कि छैन ?
मैले स्वास्थ्य मन्त्रालयको तर्पmबाट भन्नुपर्दा उच्चस्तरीयदेखि अहिले सीसीएमसी भनौ त्यसमा मन्त्रीज्यूहरु पनि संलग्न भएको र हामी स्वास्थ्यमन्त्रालयको तर्पmबाट लिड गरिरहेको छ । त्यसैगरी सेना, प्रहरी, अन्य सम्बन्धितहरुसँग पनि मिलेर संयन्त्र बनाउने भनेर सरकार लागिरहेको छ ।
अहिले त अन्य दलहरुको पनि कुरा आएको त्यसका शीर्ष नेताहरुबीचमा समन्वय हुनुपर्छ भनेर तपाईहरुले सरकारमा संलग्न पार्टीका शीर्ष नेताहरुलाई भन्नुभएको छ ?
यसमा आ–आफ्नो लेभलबाट भनौं । स्वास्थ्य मन्त्रालयले आफ्नो लेभलबाट काम गरिरहेको छ । अहिले बनेको उच्चस्तरीय समितिमार्पmत मन्त्रीज्यू, सचिवज्यूहरुबाट अहिलेसम्म सबै काम भइराखेको छ ।
अहिले जनताको रुचिको विषय भनेको छिटोभन्दाछिटो परीक्षण हुनुप¥यो भन्ने हो, अब तपाईंहरु कतिदिनमा लक्षितहरुको परीक्षण सिध्याउनुहुन्छ ?
पछिल्लो समय हामीले हजारको हाराहारीमा नमुना परीक्षणहरु गरिराखेका छौं । अहिले झन्डै १० हजार हाराहारीमा क्वारेन्टाइनमा बस्नेभएको उहाँहरुको परीक्षण अब छिट्टै हुन्छ । यो बेलामा प्रदेश र स्थानीय सरकार पनि यसैमा फोकस हुनुपर्ने हुन्छ । ती क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई स्थानीय र प्रदेश सरकारले पनि काम गर्न सक्नुहुन्छ । रयापिट टेष्टको लागि कुनै अनुभव, तालिमको आवश्यकता पनि पर्दैन । त्यसको लागि आवश्यक भनेको किट मात्रै हो । स्वास्थ्य चौकीमा भएका स्वास्थ्यकर्मीहरुले पनि यो काम गर्न सक्नुहुन्छ । त्यसैले प्रदेश, स्थानीय सबै लागेर यो काम छिटोभन्दा छिटो गर्नुपर्छ । दुई, तीन हस्तामा यो काम समाप्त हुन्छ ।
यो काम गर्न तिनैतहका सरकारबीच समन्वय भएको छ ?
समन्वय छ । अहिले अझ प्रभावकारी ढंगले अगाडि बढाउने भनिरहेका छौं ।
स्थानीयतहसम्म त तपाईंहरुले प्रभावकारी भूमिकै निर्वाह गर्न सक्नुभएको छैन नि ?
अहिले जे–जति स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । त्यो स्थानीयतहमै हुनुहुन्छ । संक्रमित व्यक्तिहरु आउनुभएको उहाँहरु पनि स्थानीयतहसँगै समन्वय गरेर आउनुभएको हो । स्थानीयतहसम्म हामीले पु¥याउनुपर्ने भनेको दुईवटा कुराको ज्ञान हो । एउटा एकअर्कामा अलग्गै बस्ने । अर्को व्यक्तिगत सरसफाई । यी दुई रणनीति विश्वले अपनाएको विधि हो । यो कामको लागि सम्बन्धित सबै पक्षको सहयोग चाहिन्छ । अब १०, १५ दिन भनेको लडाइँको एकदमै अन्तिम अवस्था हो । यसको लागि सबै एकजुट हुनैपर्छ । सबै मिलेर जानुपर्छ र मिल्नुपनि भएको छ ।
त्यसोभए १० दिनभित्रमा देशको परीक्षण सकिन्छ ?
सिध्याउनुपर्छ ।
परिणामहरु पनि आउँछन् ?
त्यो गरिसकेपछि परिणाम छिट्टै आउँछ ।
त्यसपछि लकडाउनको अवधि सकिन्छ हो ?
यो फेजको चेकजाँच सकिएपछि परिणाम हेरेर लकडाउन लम्ब्याउने, नलम्ब्याउने भन्ने त्यसपछिको रणनीति तय हुन्छ ।
तर, कोरोना परीक्षणमा डाक्टरको संख्या अत्यन्तै थोरै रहेछन् नि ?
त्यो चाहीं कोरोनाबाहेक अन्य विरामीहरु पनि हुनुहुन्छ । उहाँहरुको पनि उपचार गर्नुपर्ने भएकाले कोरोनासम्बन्धी हेर्ने डाक्टरको संख्या कम भएको हो । तर, प्रकोप बढेको खण्डमा हरेक अस्पतालमा तयारी गर्नको लागि हामीले भनिपनि रहेका छौं । तयारी पनि भएको छ । त्यसैगरी हरेक अवस्थातालका आकस्मिकलगायतका सेवाहरु पनि चल्नुप¥यो अरु बिरामीहरुको उपचार हुनुपर्यो भनेर त्यही क्षेत्रमा पनि चिकित्सकहरु खटाइएको छ । त्यसैको परिपूर्तिका लागि सेवा निवृत्त भएर बस्नुभएका स्वास्थ्यकर्मीहरुलाई पनि सेवामा आउन आग्रह गरिराखेका छौं । त्यसैले भोलेन्टियर डाक्टरहरुलाई पनि आह्वान गरेका छौं । निजी तथा अन्यबाट आउनुभएका स्वास्थ्यकर्मीहरुलाई पनि त्यही किसिमको सुविधा दिने भनेका छौं । यी सबै दृष्टिकोणले हामी तयारी अवस्थामा छौं ।
अहिले कर्णाली प्रदेशको कुरा गर्दा त्यहाँ राम्रोसँग कमाइ भइरहेको छ ?
ती क्षेत्रमा अस्ति भर्खरै भारतबाट विभिन्न माध्यमहुँदै धेरै संख्यामा मान्छेहरु आएका छन् । त्यसरी आएर फेरि उहाँहरु आफ्नै घरमा बस्नुभएको छ । त्यसकारण त्यहाँ हामीले ती ठाउँलाई फोकस गरेका छौं ।
अहिले हप्तौं हिँडेर गाउँ फर्किइरहेका छन्, यहाँ भएका पनि काठमाडौंमा वाक्क भएर गाउँ फर्किन चाहन्छन् त्यसमा तपाईंहरु छलफल गर्नुहुन्न ?
त्यसमा म स्वास्थ्य मन्त्रालयको तर्पmबाट दुईवटा कुरा भन्छु । पहिलो लकडाउन फिरियड अलि असहज त्यसलाई सामाना गरेर जानुपर्ने हुन्छ । त्यसको विकल्प पनि छैन । यसको लागि लक्षित, वर्ग, समुदाय मारमा पर्छ भनेर राहतको व्यवस्था ल्याइएको हो । त्यसैको लागि समिति बनाइएको हो । जसले ती वर्ग, समुदायको खाने, बस्ने र उपचारको समेत व्यवस्था गर्नुपर्छ । त्यसैले मैले भनेको स्वास्थ्य मन्त्रालय बढी भेगीय पनि छ भनेर । यो स्वास्थ्यसँग अन्य कुरा पनि जोडिने भएकाले एक्लैले गर्न सक्ने अवस्था हुँदैन । अरुको पनि सहयोग चाहिन्छ भनेर ।
तपाईंहरु स्वास्थ्य सामाग्री खरिदमा विवादित हुनुभयो, विरोध गर्ने लेखासमितिमाथि सरकारको किन प्रतिशोध, केशव प्रसाईंलाई किन सरुवा गरियो ?
सको ठ्याक्कै उत्तर पाउन मबाटभन्दा पनि अर्कै व्यक्तिले भन्दा उपयुक्त हुन्छ । अहिले चाहीं हामी हरेक हिसाबले तुरुन्त सामान चाहिएको छ । त्यो ल्याउनका लागि नेपाल सरकारले सबै बाटाहरु खुल्ला ग¥यो । त्यसको लागि जीटूजीबाट, टेण्डरबाट, स्वास्थ्यमन्त्रालय, रक्षामन्त्रलयले जसले जसरी गर्न सक्नुहुन्छ छिटो गर्नुहोस् भन्ने आसयको निर्णय गरेपछि हामीले टेण्डर गरेको अवस्था छ ।
त्यसोभए तपाईंहरुले लेखाप्रमुखलाई सरुवा गरेकै हो ?
यसको उत्तर पछि मिल्ला ।-File Photo