Logo

नारायणीमा पौडी खेल्दा बेपत्ताको शव फेला पर्यो



चितवन, २९ चैत्र । नारायणीमा पौडी खेल्दा वेपत्ता भएका एकजनाको शव निकालिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका १ जोरकुसुम पार्क स्थित नारायणी नदिबाट आज एपीएफ टोलीले शव निकालेको छ ।

भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने १८ वर्षिय सनिल लामा नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव नदिबाट बाहिर निकालेको हो ।

लकडाउनका बखत लामा नारायणी नदीमा पौडी खेल्न पुगेका थिए । नदीको बेगले उनलाई बगाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot