काठमाडौं, २९ चैत्र । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिले लकडाउनको तेस्रो दिनदेखि पशुपति मन्दिर परिसरमा रहेका बालबालिका, पशु तथा पन्छीहरुलाई खाने कुरा खुवाउँदै आएको छ । समितिका अध्यक्ष सागर थापाले जनाएअनुसार समितिले कोभिड १९ (कोरना भाईरस) महामारीबाट बच्न नेपाल सरकारद्धारा जारी गरिएको लकडाउनको तेश्रो दिनदेखि नै आफूहरुले पशुपति क्षेत्रमा रहेका बालबालिका, पशु तथा पन्छीहरुलाई खानेकुरा खुवाउँदै आएको छ ।
उनले आफूहरुले लकडाउन अवधिभर पशुपति क्षेत्रमा रहेका वालवालिका, गाईगोरु, बाँदर, परेवा, कुकुरहरुलाई बिस्कुट, केरा, चना, कोशा, काउली, मकै, गहुँ, बन्दाकोभी, गाँजर, मुला, हरियो सागसब्जी लगायतका खाना खुवाउने पनि जनाए । उनले आफूहरुले उक्त खानेकुरा समितिका सदस्यहरु र सहयोगी हातहरुको सहयोगमा खुवाउँदै आईरहेको पनि स्पष्ट पारे ।
थापाले रिपोर्टर्स नेपाल डटकमसँग भने,”हामीले दैनिक १०० केजी परेवालाई र २ सय ५० देखि ३०० केजि गाईगोरुलाई खुवाउँदै आएका छौं । त्यस्तै, बालबालिका र कुकुरहरुलाई १०० प्याकेट बिस्कुट, १५० केजी जति बाँदरहरुलाई खुवाउने गरिन्छ ।”