Logo

पाकिस्तानमा रकम वितरणका क्रममा भागदौड,एकको मृत्यु



एजेन्सी २९ चैत । पाकिस्तानमा रकम वितरण गर्ने क्रममा भाग दौड भएको छ । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि पाकिस्तानमा देशव्यापी रुपमा लागू लकडाउनका क्रममा आवश्यक मानिसहरुलाई नगद सहायताप्रदान गर्ने समयमा भागदौड मच्चिएको छ । जसमा एक महिलाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएको जनाइएको छ ।

पाकिस्तानी प्रहरी र सुरक्षा अधिकारीहरुका अनुसार नगद राहत वितरणका क्रममा भएको उक्त भागदौडका क्रममा उकत घटना भएको हो । पाकिस्तान लगायत अन्य दक्षिण एशियाली मुलुकहरु समेत लकडाउन भएको छ l भाइरसको संक्रमणबाट चार हजार आठ सय ९२ जना प्रभावित भएका छन् भने ७७ जनाको ज्यान गैसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot