जाजरकोट, २९ चैत्र । बिहीबार जाजरकोटबाट सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका १४ जनालाई कोरोना भएको भन्दै नमूना परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।
आज सबैको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए। नेगेटिभ रिपोटै आएका सबैलाई घर पठाइने बताइएको छ ।FILE SKETCH PHOTO/SOCIAL MEDIA