Logo

स्वास्थ्य सामग्री लिएर हेलिकप्टरमा जान नदिएपछि कांग्रेस नेता खड्का गाडी लिएर जिल्ला प्रस्थान्



काठमाडौं, २९ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व राज्यमन्त्री दिपक खड्का कोरोनाको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री लिएर जिल्ला प्रस्थान् गरेका छन् । खड्का पिपिई, मास्क, स्यानिटाईजर, ग्लम्भ्सलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आज संखुवासभा प्रस्थान् गरेका छन् ।

खड्का ती स्वास्थ्य सामग्री हेलिकप्टरमा लिएर जान चाहन्थे । तर, उनलाई हेलिकप्टरमा जानको लागि अनुमति दिईन् । यस्तो विषम परिस्थितिको बेलामा चाँडोभन्दा चाँडो स्वास्थ्य सामग्री जिल्ला पुर्याउने उद्देश्यले उनले हेलिकप्टरमा जानेगरि आग्रह गर्दापनि अनुमति नदिईएकोमा भने गुनासो पोखेका छन् ।

खड्का भने ती सामग्री आफैं वितरण गर्नेगरि आज जिल्लातर्फ प्रस्थान् गरेका हुन । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आगामी २०७७ साल बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ । FILE PHOTO/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्