Logo

भारतमा कोरोना संक्रमितको संख्या आठ हजार भन्दा बढी



एजेन्सी २९ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट आठ हजार ६३ जना प्रभावित भएका छन् l भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या दुई सय ४९ पुगेको छ भने सात सय ७४ जना भाइरस संक्रमणको उपचारपछि सकुसल घर फर्केका छन् । भारतले संक्रमणको नियन्त्रण गर्न देशव्यापी रुपमा लकडाउन गरेको छ ।

लकडाउन पश्चात पनि भारतमा संक्रमित र मृत्यु हुनेको दरमा भने नियन्त्रण हुन सकेको छैन । संक्रमित र मृत्यु दर निरन्तर बढी रहेको छ । भारतले नियन्त्रण पाउन नसकेको कारण लकडाउन लम्ब्याउने भएको छ । भारतीय प्रधानमन्त्री मोदीले सर्वदलीय बैठक बोलाई उक्त निर्णय लिएका हुन् । उनले हिजो मात्र सम्पूर्ण मुख्यमन्त्रीहरु संग छलफल गरी लकडाउन लम्ब्याउने विषय जनाएका हुन् ।

भारतमा चार सय भन्दा बढी नयाँ संक्रमित केस दर्ता भएको छ । विश्वमा भाइरसका कारण मृत्यु हुनेको संख्या साढे १७ लाख भन्दा बढी भैसकेको तथ्यांकले देखाएको छ । त्यसैगरी मृत्यु हुनेको संख्या लाख भन्दा बढी भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot