Logo

आज २०७६ चैत्र ३० गते आइतबारको राशिफल



काठमाडौं, ३० चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र ३० गते आइतबार इश्वी सन २०२० अप्रिल १२ तारीख बैशाख कृष्णपक्ष पञ्चमी तिथी ज्येष्ठा नक्षत्र बरीयान योग कौलब करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा काण योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु भक्तपुरमा विश्वध्वज उत्थान। विश्व ज्योतिष महासंघ स्थापना दिवस, चैत्र मसान्त, वि।सं। २०७६ समाप्ति (ज्यो. प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केही झन्झट पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानीमा ध्यान दिनुहोला । मान्यजनको साथ र सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार र व्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरुबाट साथ र सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहनसक्छ । प्रेमी प्रेमिकाकोबीच सामान्य मनमुटाब रहन सक्छ । व्यापार तथा व्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) अरुको छिटो विश्वास गर्ने बानीको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय व्यतित हुन सक्छ । कुरा काट्ने ब्यक्तिहरुको वृद्धि हुनेछ । शत्रु सबल रहलान । आजको सामान्य खर्चले भोलिलाई फाईदामूलक हुनेछ । प्रिय व्यक्तिको भेटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानी भने उत्तम रहनेछ । आय आर्जनका निम्ति समय राम्रो रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारिवारिक साथ र सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परिश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सवारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरिष गर्नेहरुबाट बच्नुपर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानीमा वृद्धि हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ र सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । कुल कुटुम्बहरुको साथ र सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । क्रोधको कारण मानसिक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साझेदारी काममा हात नहालेकै बेस हुने छ । जीवनसाथीको साथ र सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बिश्वासिलो ब्यक्तिबाट धोका हुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दम्पत्तिबीच सामान्य कलह रहने सम्भाबना रहनसक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनुपर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । मेहनत र परिश्रमको कदर हुनसक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन स्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परिवारका कोही सदस्यहरुको स्वास्थ्य क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको । सभा तथा सम्मेलनमा सरिक हुने अवसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानीको क्षेत्र सबल रहने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सवारीसाधनको प्रयोगमा ध्यान दिनुहोला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरिएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीको क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अपजस सहनुपर्ला ।



प्रतिक्रिया दिनुहोस्