Logo

नेशनल लाईफ इन्स्योरेन्स कं. लिमिटेडद्धारा कोरोना कोषमा ५१ लाख सहयोग



काठमाडौं, ३० चैत्र । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ । आज कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उपरोक्त रकम बराबरको चेक प्रदान गरेका हुन् ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको जनाउँदै अहिलेको सहयोगबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने विश्वास लिएको छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन पनि उक्त कम्पनीले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot