Logo

बैंकहरुले ब्याज मिनाहा गर्नुपर्छ- उदय शमशेर राणा, पूर्व अर्थराज्यमन्त्री



काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेस नेता उदय शमशेर राणासँग आर्थिक क्षेत्रको राम्रो अनुभव छ । पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणाले कृषकलाई ऋण माफ गर्नुपर्ने र आम ऋणीका लागि प्रभाव क्षेत्र हेरी तत्काल ब्याज मिनाहा देखि घटाउनेसम्मको निर्णय गर्नुपर्ने बताएका छन् । राणासँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
मुलुक लकडाउनमा कांग्रेसलाई कहीं पनि देखिँदैन तपाईंहरु सुतेर बस्नुभएको त छैन ?
नेपाली कांग्रेस सुतेर बसेको छैन । जनतासँगै हामीहरु पनि लकडाउनमा छौं । अहिले विश्वब्यापी रुपमा फैलिएको महामारीलाई मध्यनजर गरेर सरकारले मुलुक लकडाउन गरेको छ । नेपाली कांग्रेसलगायत सबैले त्यसलाई फलो गर्नु जरुरी छ । अहिले विश्वनै यो महामारीबाट आक्रन्त भइरहेको बेलामा सरकारले गरेको निर्णयलाई सबैले सहयोग गरेर अगाडि बढ्नु्पर्छ । यस्तो बेलामा सोसियल डिस्टेन्सको नियम पालना गर्नुपर्छ भन्ने विश्वब्यापी मान्यता छ । हामीहरुले त्यसलाई फलो गर्नुपर्छ अहिले नेपाली कांग्रेसले चाहिं सडकमा आएर नाँचेर हिड्ने होइन ।
लकडाउनको विषयमा सरकारलाई तपाईंहरुको तर्पmबाट पूर्ण सहयोग र समर्थन छ हो ?
यो बेलामा लकडाउनको समर्थन गर्नुभनेको सरकारको लागि मात्रै सम्पूर्ण नेपाली जनताको जीवन रक्षाको लागि हो । अहिले विश्वव्यापीरुपमा मारामारी भइराखेको बेलामा एकले अर्कालाई सार्ने वा आफूलाई भइसकेपछि अरुलाई सार्ने चेन्ज रियाक्सनलाई ब्रेक गर्नुपर्ने हामी सबैको दायित्व हो । यो भन्दा पहिला नेपालमा ठूलो भूकम्प पनि गएको थियो । त्यो बेलामाभन्दा अहिले फरक छ । अहिले त स्थानीय सरकार पनि छ । त्यसैले यसलाई प्रभावकारी बनाउन स्थानीय सरकार र वडा कार्यालयहरुलाई धेरै मोबिलाइज गर्नुपर्छ ।
अहिलेको सन्दर्भमा स्थानीय सरकारले राम्रो काम गरेको छ ?
अहिले प्रतिपक्षलगायत सम्पूर्ण नेपाली जनताको अभूतपूर्ण सहयोग पाउँदा पाउँदै पनि यो सरकार कता–कता अलमलिएको अवस्था हामीले देखिरहेका छौं । अरु मुलुकहरुमा जस्तै युरोप, अमेरिकामा समेत लकडाउनलाई पालना गरेनन् । जसको कारणले गर्दा एकदमै रयापिड्ली रोग फैलिएको छ । नेपालमा हेर्ने हो भने अस्ति म पनि आफ्नो चुनावी क्षेत्रमा कही सहयोग गर्न गएको थिएँ । ती ठाउँका साथीहरु एकदमै सचेत छन् । बाहिरबाट आफ्नो टोलमा नयाँ मान्छे को आएको छ त्यो हेरिरहेका छन् । अन्य क्षेत्रयबाट आएका मान्छेहरुलाई उनीहरुले रोकेर प्रश्नहरु गरिरहेका छन् । साथसाथै विपक्षीले पनि यत्रो सहयोग गर्दा यो सरकार पुरै लमलिइरहेको छ । सरकारमाथि भ्रष्टाचारका कुराहरु पनि आइरहेका छन् । जुन किसिमका आर्थिक प्याकेजहरु अरु देशहरुमा आइसक्यो । हाम्रो सरकारले त्यो ल्याउन सकेको छैन । यसभन्दा अगाडि एघार बुँदे प्रतिवद्धता पनि पारित गरेको थियो । ऋषिजी अहिलेको मारामारको अवस्थामा आर्थिक प्याकेजका निर्णयहरु गर्नुपर्छ । एउटा सरकारले गर्ने हो । त्योभन्दा बाहेकका जस्तो आयल निगम, विद्युत् प्राधिकरण र दूरसञ्चारहरुले गर्ने र अर्को तेस्रो भनेको सरकारले गर्दा हुने प्रभावलाई के गर्ने भन्ने तीन किसिमका निर्णयहरु हु्न्छन् ।
कसरी अगाडि बढ्दा हाम्रो देशमा कोरोना रोकथाम प्रभावकारी हुन्छ ?
यतिबेला सरकारले कालोबजारी नगर्नु भनेको छ, त्यो राम्रो कुरा हो । कालोबजारी गर्नुहुँदैन । अहिलेको अर्थतन्त्रलाई जोगाउन र मूख्यबृद्धिबाट जनतालाई मार नपार्न कालाबजारी नगर्नु । सरकारले अर्को कुरा बिजुलीको खपत गर्नु भनेको छ । यतिबेला पसल पसलमा गएर बिजुलीको चुल्लोह किन्न सक्दैनौं । अहिले सकिने र जनतालाई सहुलियत लिने हो भने प्रतिलिटर ३०, ४० रुपैयाँ नाफा नखाइकन आयल निगमले यतिबेला तेलको भाउ घटाउनुपर्छ । अर्को अहिले सरकारले कोठाभाडामा बसेकालाई घरधनी ५० प्रतिशत भाडा छुट गरिदिने भनेको छ । त्यो राम्रो कुरा हो । ती घरधनीहरुको लागि सरकारले कहाँ सहयोग गर्ने ? उसले अहिले सबैलाई यो गर र त्यो गर भनिराखेको छ । यसरी सरकार आपैmले केही नगरेको देखेर हामी तीनछक भएका छौं । विश्वमा मारामारको अवस्था सिर्जना भएको तीन महिना भइसक्यो । हाम्रो देशमा पनि पहिलो केस देखिएको एक महिना ज्यादा भइसक्यो । तर अहिलेसम्म माक्स, पीपीई, टेष्ट किट जस्ता अति आवश्यक चिजहरु सरकारले पहिल्यै ल्याउनुपर्ने थियो । त्यो अहिलेसम्म पनि अभाव छ जसको कारणले कतिपय स्वास्थयकर्मीहरु कार्यस्थल जान सक्ने अवस्था छैन । यसलाई सरकारले ल्याउन चाहेन अथवा हामी नेपालीहरुले पचाउन सकिहाल्छौं नि भनेर हेल्चेक्र्याईं गरेर बसेको देखिन्छ । सबैले एकजुट भएर जसरी सहयोग र समर्थन गरेका छन् त्यसलाई सरकारले ध्यान दिएर अगाडि बढ्ने हो भने हामी बच्न सक्छौं । अबका दिनमा योभन्दा राम्रो र व्यवस्थित ढंगले सरकार अगाडि बढ्नु्पर्छ ।
त्यसोभए लकडाउन लम्ब्याउनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस पार्टी हो ?
लकडाउन लम्ब्याउनुपर्छ कि पर्दैन भन्ने कुरामा नेपाली कांग्रेस वा अन्य कुनै पार्टीले अथवा सरकारले मात्रै निर्णय गरेर हुँदैन । यसमा विशेषतः डब्ल्यूएचओसँग पनि सल्लाह गर्नुपर्छ । साथै सम्बन्धित मन्त्रालयका विशेषज्ञहरुसँग पनि सल्लाह गर्नुपर्छ । र, साथसाथै हाम्रा छिमेकी देशहरुसँग पनि गर्नुपर्छ । किन भने नेपालले मात्रै लकडाउन गरेर हुँदैन । नेपालले चाहीं गरेको उता भारतले लथालिङ छोडिदियो भने त्यसको माने हुँदैन । त्यसैले भारतको मोदी सरकारले सार्कको एउटा कमिटि पनि बनाएको छ । सार्कका देशहरुसँग पनि को–अडिनेटर गरेर हामीले काम गर्नुपर्छ । अहिलेको अवस्थामा नेपाल एक्लैले केही गर्न सक्ने अवस्था छैन । यी सबै परिस्थितिको मूल्यांकन गरेर सरकारले लकडाउन लम्ब्याउने निर्णय ग¥यो भने त्यसलाई हामी सबैले सहयोग गर्नुपर्छ । यो लकडाउन लम्बिँदै गयो भने अर्थतन्त्रको विषयमा हाम्रो देश मात्रै होयन धेरैमा ठूलो असर पर्ने छ । तर, हाम्रो सरकार त्यसप्रति अलिकति सचेत र गम्भीर देखिएको छैन ।
अर्थतन्त्रको पाटोमा त विश्वमै ठूलो धक्का भएको छ, नेपाल त त्यसै ओरालो लागिहाल्छ नि होइन ?
विश्वको अर्थतन्त्रमा धक्का भएको छ, यहाँ पनि भइहाल्छ नि, कोरोना पनि हाम्रा नेपालीले पचाइहाल्छन् नि भनेर हुँदैन । अरु मुलुकहरु केही न केही गरिरहेका छन् । जस्तो अमेरिकाले २.२ प्रतिशतको आर्थिक प्याकेज घोषणा गरिसकेको छ । त्यो भनेको अमेरिकाको जीडीपीको १० प्रतिशत हो । दुई दिन अगाडि मात्रै जापानले ९ सय डलरको आर्थिक प्याकेज निकालेको छ । त्यो भनेको जापानको जीडीपीको साढे चार प्रतिशत हो । केही दिन अगाडि भारतले पनि आर्थिक प्याकेज निकालेको छ । उसले अझै हामी फेजवाइज आर्थिक प्याकेजहरु निकाल्छौं भनेको छ । तर, नेपालले भने अहिलेसम्म यस्तो खालको आर्थिक प्याकेजहरु ल्याएको छैन । अहिले नेपालमा ९ लाख कम्पनीहरु छन् । तिनले झन्डै ३५ लाखलाई रोजगारी दिएको छ । ती कम्पनीहरुलाई पनि केही न केही आर्थिक प्याकेज सरकारले दिनुपर्छ । साथसाथै किसानलाई पनि कृषिजन्य उत्पादनको लागि लिएको लोन माफी गर्नुपर्ने हुन्छ । पुरै लोन नसके पनि केही ब्याज भने पनि मिनाहा गर्नुपर्ने हुन्छ ।
बैंकहरुको ब्याजको रेट पनि घटाउनुपर्छ देखिन्छ । अब हामीले बेरोजगारको लागि रोजगारीको पनि सिर्जना गर्नुपर्ने हुन्छ । किन भने अब यो मारामारीले गर्दा विश्व पनि आर्थिक रुपले चौपट अब हाम्रा नेपालीले ती मुलुकमा काम पाउने अवस्था कम हुन्छ । जसरी अहिलेसम्म सरकार यो कोरोना आउँछ जान्छ नेपालीहरुले पचाइहाल्छन् भन्ने हिसाबले जसरी काम गरिरहेको छ । त्यसैले अर्थतन्त्रलाई पनि हिजो भूकम्प जाँदा पनि तल गएको अर्थतन्त्र एकैचोटी माथि आयो । अहिले पनि दुई÷चार महिनामा सबै ठीक भइहाल्छ नि भनेर यो सरकार गयो भने मुलुकमा अत्यन्तै ठूलो समस्या निम्तिन्छ । त्यसैले यो सरकारले रोग नियन्त्रणसँगै आर्थिक प्याकेज पनि फेजवाइज रुपमा ल्याउन जरुरी छ । विश्वपरिवेशलाई मूल्यांकन गरेर यो लकडाउनलाई सरकारले लम्ब्यायो भने उसले खाद्यान्नको पनि राम्रो प्रवन्ध गर्नुपर्छ । चामल, दाल, तरकारी कहाँ ल्याउने भनेर । अब लकडाउन लम्बिनेबित्तिकै खाद्यान्नमा संकट पर्ने वाला छ । त्यसमा दैनिक काम गरेर खाने, विद्यार्थी साथीहरुलाई ठूलो समस्या पर्नेवाला छ । अहिलेसम्म जेनतेन खाएका थिए । अब आम्दानी पनि छैन, बाहिर जान पनि पाएका छैनन् भने के खाने ? त्यतारित सरकारले ध्यान दिएको छ कि छैन गम्भीर विषय यो हो ।
तपाईंहरु पनि खाली सरकारको आलोचना गरिरहनुभएको छ नि ?
तपाईंले ठ्याक्कै उल्टो कुरा गर्नुभयो । मैले जुन कुरा सरकारलाई भन्दै आएको छु । त्यो विरोध होइन, सुझाव हो । अहिले तपाईंहरुको. पहुँच सरकारसँग छ । त्यसैले मैले सरकारलाई सुझाव दिएको कुरालाई तपाईंहरुले पनि सिरियस ढंगले सम्बन्धित ठाउँमा पु¥याउने काम गर्नुपर्छ । अहिले नेपाली कांग्रेस पनि कानमा तेल हालेर सुतेर बसेको छैन । मैले पनि आफ्नो चुनावी क्षेत्रमा सम्बन्धित वडाका प्रतिनिधिमार्पmत सकेको राहत वितरण आपैm गएर गरेको छु । हामीले सरकारले अहिले जुन काम गरिराखेको छ, त्यसमा अनियमितता, भ्रष्टाचार भयो भनेर हामीले खबरदारी गर्ने काम गरेका छौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot